सेटिङमा भिजिट भिषामा दुबई जानेहरू बढे, सरकार मौन

काठमाडौं । कोरोना महामारीका कारण दुबईले भिषा दिन रोकेको छ । तर, नेपालबाट दैनिक ठूलो संख्यामा युवाहरू दुबई प्रस्थान गरिरहेका छन् । उनीहरू भिजिट भिषामा जाने गरेको एक युवाले बताए ।

ट्राभल्स एजेन्सीको सेटिङ तथा अध्यागमन विभाग, श्रम मन्त्रालय र पर्यटन मन्त्रलयको मिलोमतोमा नेपाली कामदारहरू दुबई गएका हुन् । उनीहरूसँग वीमा पनि हुने गरेको छैन ।

भिजिट भिषामा गएर दुबईमा काम गर्ने ती नेपाली कामदारहरूलाई भविष्यमा समस्या पर्‍यो भने के गर्ने भन्ने कुरामा सरकार बेखबर छ । उच्च तहको मिलोमतोमा नै कामदारहरूलाई भिजिट भिषामा पठाएको स्रोतको भनाइ छ ।

एक जना मेनपावर व्यवसायले भने, ‘कसैको भिषा छ भने प्रक्रिया मिलाएर जानु भनेको ठीक हो । तर, भिजिट भिषामा गएर उतै लुकेर काम गर्ने कार्यले समस्या निम्तिनेछ ।’

सरकारको लापरबाहीले भविष्यमा ठूलो दुर्घटना निम्तन सक्ने मेनपावर व्यवसायीहरूको भनाइ छ । उनीहरूले भिजिट भिषामा दुबई जाने कार्य रोक्नुपर्ने सुझाव दिएका छन् ।

‘कोरोना महामारीका बेला दुबईमा को नेपाली घुम्न जान्छ ?’, ती व्यवसायीले भने, ‘ट्राभल्स एजेन्सी, अध्यागमन विभाग, पर्यटन र श्रम मन्त्रालयको मिलोमतोमा भिजिट भिषामा नेपालीहरू पठाउने काम भएको छ ।’

Published : Saturday, 2020 October 3, 3:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया