दुईतिहाइको कम्युनिस्ट सरकारले दियो शक्तिशाली मन्त्रीका सम्धीलाई आकर्षक पद

काठमाडौं । झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलका सम्धी डा.उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा शपथ लिएका छन् ।

डा.कोइरालाले बुधबार शपथ लिएका हुन् । अर्थ मन्त्रालयका सह–सचिव धनिराम शर्मासँग डा.कोइरालाले शपथ लिएका छन् ।

डा.कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउने गरेर सदस्यमा नियुक्ति गरिएको थियो । उनको विरोध भएपछि शपथको कार्यक्रम रोकिएको थियो ।

निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडाले डा.कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष बनाउने गरी सञ्चालकमा नियुक्त गरेका थिए ।

अर्थ मन्त्रालयले डा.कोइरालालाई मन्त्रिस्तरीय निर्णयबाट भदौ ७ गते सञ्चालकमा नियुक्त गरेको थियो ।

अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री खड्गप्रसाद ओलीले सम्हाल्नेवित्तिकै डा.कोइरालाले शपथ लिएका हुन् । ओलीबाट ग्रिन सिग्नल आएपछि बुधबार डा.कोइरालालाई शपथ खुवाइएको उच्च स्रोतले जनाएको छ ।

Published : Friday, 2020 October 2, 8:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया