ओलीका सल्लाहकारलाई राजदूत, मसी सुक्न नपाउँदै बालुवाटारले रेग्मीलाई मालामाल बनाइदियो

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नयाँ मुख्यसचिव बनाएको छ ।
बालुवाटारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।
मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएपछि बैठक बसेर बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको जनाइएको छ । रेग्मीले कार्यकाल सकिनु केही दिन बाँकी हुँदा राजीनामा दिएका हुन् । रेग्मीले पदबाट दिएकाे राजीनामाकाे मसी सुक्न नपाउँदै कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले राजदूत बनाइदिएका छन् ।
मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गतेसम्म थियो । मुख्यसचिवमा शंकरदास वैरागी, केदार अधिकारी, मोहनकृष्ण श्रेष्ठलगायत दौडमा थिए ।
कम्युनिस्ट सरकारले अमेरिकाको राजदूतमा डा.युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ । खतिवडा लाभको पदमा काम गर्ने सबैभन्दा धेरै अवसर पाएकामध्येमा पर्छन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीले अर्थ मन्त्रीबाट राजीनामा दिएका डा.खतिवडालाई मन्त्री सरहको सुविधा दिएर आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । आर्थिक सल्लाहकार हुँदा हुँदै डा.खतिवडालाई ओलीले राजदूत बनाइदिएका छन् ।
अमेरिकाको राजदूतमा डा.खतिवडा सिफारिस भएपछि हालका राजदूत डा.आर्जुन कार्की ट्वाँ परेका छन् ।
बिहीबार मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको छ ।
ओलीकाे कम्युनिस्ट सरकारले नेकपामा डा.खतिवडा र रेग्मीभन्दा असल व्यक्ति नभए जस्तै गरेर पद हुँदाहुँद नियुक्तिहरू दिएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया