स्याङजामा मन्त्रीका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश, भत्कियो कम्युनिस्ट किल्ला

विर्घा । स्याङजा जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कालीगण्डकी गाउँपालिका–३ वैघामा नेकपाका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । कालीगण्डकी गाउँपालिका नेकपाको पकडका रुपमा चिनिएको छ ।

नेकपामा भ्रष्टचार मौलाएको भन्दै स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेका हुन् ।

नेकपाका सञ्जय राना र भोज रानाको नेतृत्वमा करीव ३० जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई नेपाली कांग्रेस स्याङजाका सभापति कुमार रानाले स्वागत गरेका हुन् ।

नेपाल तरुण दल कालीगण्डकीका सभापति सुन्दर पाण्डेयको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रदेश सांसद भागवत प्रकाश मल्ल, पूर्व सांसद शंकरप्रसाद पाण्डेय, श्याम वस्याल, महेन्द्र श्रेष्ठ, नेपाल तरुण दलका सचिव चन्द्र राना, पूर्व क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, देवीप्रसाद अर्याल, पशुपति पाण्डेय, शेरबहादुर थापा, नरबहादुर राना, शेरबहादुर आले लगायतको उपस्थिति रहेको थियो ।

स्याङजा जिल्लाबाट तत्कालीन एमालेबाट निर्वाचित पदमा अर्याल भूमि, व्यवस्था, सहकारी तथा गिरिवी निवारण मन्त्री रहेकी छिन् । अर्यालको मन्त्री पद हल्लिएका बेला गृहजिल्ला स्याङजामा नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Wednesday, 2020 September 30, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया