नेविसंघका महामन्त्री बैद्यको कामले बालुवाटालाई तनाब, काठमाडौंका जनता खुसी

काठमाडौं । कोरोना महामारीका बेला काठमाडौंका जनता समस्यामा परेका बेला नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री मनोज बैद्यले तीन लाख पचास हजार मास्क निःशुल्क वितरण गर्ने भएका छन् ।

महामन्त्री बैद्यले असोज १६ गतेदेखि काठमाडौं महानगरपालिकाका बासिन्दालाई निःशुल्क रुपमा मास्क वितरण गर्न लागेका हुन् । मास्कसँगै सानो पर्चामा बैद्यले कोरोनाबाट बच्नका लागि अपनाउनुपर्ने सचेतनाका कुराहरू पनि लेखेर वितरण गर्नेछन् ।

बैद्यले चार वटा सर्जिकल मास्कको प्याकेट बनाएका छन् । मास्कसँगै प्याकेटमा बैद्यले कोरोनाबाट बच्न अपनाउनुपर्ने कुराहरू पर्चामा लेखेर राखिदिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू कोरोनाबाट जनतालाई बचाउनुको साटो मन्त्री बन्न र भागबण्डाको राजनीतिमा सक्रिय भएका बेला नेविसंघका महामन्त्री बैद्यले काठमाडौं महानगरपालिकाभित्र साढे तीन लाख सर्जिकल मास्क निःशुल्क वितरण गर्न लागेका हुन् ।

यसअघि, लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेका मजदुर र अति विपन्न परिवारहरूलाई महामन्त्री बैद्यले निःशुल्क खाना पनि खुवाएका थिए । उनले समस्यामा परेका मजदुर र अति विपन्न परिवारहरूलाई सहयोग गर्दै आएका छन् ।

नेविसंघका लोकप्रिय नेताका रुपमा परिचित महामन्त्री बैद्य कम्युनिस्ट सरकारका गलत हर्कतविरुद्ध साथीहरूका साथ सडकमा आफै उत्रिने गरेका छन् ।

नेविसंघका महामन्त्री बैद्यले निःशुल्क रुपमा साढे तीन लाख मास्क वितरण गर्ने भएपछि कम्युनिस्टहरूलाई तनाब भएको छ । बालुवाटारलाई समेत बैद्यले झस्काइदिएका छन् ।

यसैबीच, नेविसंघका महामन्त्री बैद्यको अभियानमा नेपाल तरुण दल काठमाडौं जिल्ला कार्यसमितिका सचिव दिनेशबिक्रम शाहले पनि दुई हजार मास्क सहयोग गरेका छन् ।

Published : Wednesday, 2020 September 30, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया