ओली–दाहालको भेटवार्ता अचानक स्थगित

काठमाडौं । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार हुने भनिएको छलफल अचानक स्थगित भएको छ ।

ओली र दाहालबीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल हुने भनिएको थियो । दुई अध्यक्षबीचको छलफल किन रोकिएको हो केही भनिएको छैन ।

मन्त्रिमण्डल पुनर्गठनका विषयमा ओली र दाहालबीच निरन्तर छलफल हुँदै आएको छ । तर, उनीहरूका बीच कुरा मिल्न सकेको छैन ।

ओली र दाहालका बीच व्यक्तिगत टकरावका कारण पनि मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ भएको एक नेताले बताएका छन् ।

Published : Wednesday, 2020 September 30, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया