औकात देखाउने सोकबहादुरसहितको ग्याङ फरार, नेकपाको दवावमा दाङ प्रहरी

घोराही । नेपाल निर्माण व्यवसायी संघ दाङका महासचिव सोकबहादुर रोकासहितको समूह फरार भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका नायव उपरीक्षक एवम् प्रवक्ता सुमित खड्काका अनुसार रोकासहितको ६–७ जनाको समूह फरार रहेको बताए । ‘सोकबहादुर रोकासहित ६–७ जनाविरुद्ध फेसबुकबाट गालीगलौज र चरित्र हत्या गरेको विषयमा उजुरी परेको छ’, खड्काले भने, ‘मुद्धा शाखाले उनीहरू सबैको खोजतलास गरिरहेको छ । फेला पर्नेवित्तिकै पक्राउ गर्छौं ।’

महासचिव रोकासहितका युवाहरूले सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक शब्दावलीसहित गालीगलौज गरेपछि घोराही उपमहानगरपालिका–१५ निवासी अभिमन्यु गिरीले जिल्ला प्रहरी कार्यालय दाङमा कारबाहीको माग गरेर निवेदन दिएका थिए । शुरुमा निवेदन लिन अनाकानी गरेको दाङ प्रहरीले अहिले भने निवेदन दर्ता गरेर संघका महासचिव रोकासहितका समूहलाई खोजतलास शरु गरेको छ ।

गिरीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नेहरूमा घोराही उपमहानगरपालिका– १३ बडरा बस्ने सोकबहादुर रोका, सोह ठाउँका विवेक भन्ने अमृत बोहरा, सरोज थापा, प्रदीप गुरुङ, निकोभ पासा, मालो किङ भन्ने बेगम रसाइली, ‘बडा काजि’ लगायतको समूहले सामाजिक सञ्जालमा जथाभावी गालीगलौज गर्नेदेखि आत्तिजनक शब्दहरू लेखेका थिए ।

‘बडा काजि’ नामको फेक आइड बनाएर कुनै व्यक्तिले फेसबुकमा जथाभावी कमेन्ट लेख्ने र गालीगलौज गर्ने गर्दै आएको छ । फररार रहेका मालो किङ उर्फ बेगम दसौती ‘बडा काजि’को फ्रेण्ड लिष्टमा रहेका छन् ।

सामाजिक सञ्जालमार्फत जथाभावी लेख्ने यस्तो गिरोहलाई कारबाही गर्नुका साटो प्रहरीले कारबाहीमा ढिलाइ गरेकोमा पीडित पक्षले आश्चर्य व्यक्त गरेका छन् ।

सर्वाेच्च अदालतका अधिवक्ता शिव अर्यालले प्रहरीले जो कोहीले पनि उजुरी दियो भने कानूनअनुसार कारबाही अगाडि बढाउनुपर्ने बताएका छन् । ‘प्रहरीले तेरो वा मेरो भनेर भेदभाव गर्न पाइँदैन’, अर्यालले भने, ‘न्याय सबैका लागि बराबारी हुन्छ । दोषीलाई कारबाही हुनुपर्छ । पीडितलाई अन्याय हुनु हुँदैन ।’

सोही अभियोगमा गिरीले न्यायका लागि प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले दोषीहरूलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा अहिलेसम्म आलटाल गरिरहेको छ ।

फरार रहेको भनिएका मुख्य आरोपी सोकबहादुर रोका काठमाडौंमा हल्लिएर हिँडेका छन् । रोकाले मंगलबार करीव साढे ११ बजे काठमाडौंको ग्राण्डी अस्पताल अगाडि तस्वीर खिचेर फेसबुकमा राखेका छन् । दाङबाट फरार भएका रोका काठमाडौंमा सामाजिक सञ्जालमा सक्रिय हुँदा पनि प्रहरी बेखबर छ । महासचिव राेकासँग प्रतिक्रिया लिन प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

नेपाल प्रहरीले चाहने हो भने सोकबहादुर रोकासहितको फरार युवाहरूको फोन लोकेशनमार्फत जति बेला पनि पक्राउ गर्न सक्छ । नेपालको प्रहरी अनुसन्धानमा अब्बल मानिन्छ । तर, दाङ प्रहरी भने सुस्त अवस्थामा रहेको छ ।

स्रोतका अनुसार नेकपाका नेताहरूले सोकबहादुर रोकासहितको समूहलाई कारबाही नगर्न दवाव दिएका छन् । सोकबहादुर रोका नेकपाका सांसद कृष्णबहादुर महरा निकटका मानिन्छन् । महरा गत वर्ष रोशनी प्रकरणमा मुछिएर लामो सयम कारागार बसेका थिए । पछि काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो । महराको मुद्धा पुनरावेदन अदालत पाटनमा अहिले पनि विचाराधीन छ ।

दाङको कमाण्ड एसपी गणेश चन्दले सम्हालेका छन् । प्रदेश ५ को प्रहरी प्रमुखमा डीआईजी रविन्द्र धानुक रहेका छन् । डीआईजी धानुक र एसपी चन्दले कमाण्ड सम्हालेकै जिल्ला र प्रदेशमा न्याय पाउनुपर्नेमा पीडितहरू झन् पीडित हुनु परेको गुनासाहरू बढ्न थालेका छन् ।

Published : Tuesday, 2020 September 29, 2:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया