पौडेल–कोइराला समूहले कम्युनिस्टलाई छक्कै पारे

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला बढाएर ठूलो बनाउने प्रयास गरेका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा बुझाइएको ज्ञापन पत्रमा दोषभरि सबै सभापति शेरबहादुर देउवालाई दिइएको छ । सोही कार्यसमितिमा बसेर पौडेल–कोइराला समूहले जिम्मेवारी लिन अनाकानी गरेका छन् ।

पार्टीको यो अवस्था आउनुमा देउवाको मात्रै दोषी कदापि छैन । पौडेल–कोइराला समूहको पनि उत्तिकै दोष छ । देउवाले विभागहरू गठन गर्न बिगतमा नाम मागेका थिए । कोइराला–पौडेलभित्रको आन्तरिक समस्याले उनीहरूले नाम दिएका थिएनन् । तरुण दल र नेविसंघमा पनि देउवाले नाम मागेका छन् । उनीहरूले नाम दिएका छैनन् । यसमा पनि देउवालाई नै दोषी दिइएको छ ।

उनीहरूले पार्टीभित्रको अव्यवस्थाका विषयमा जोडदार रुपमा कुरा उठाएका छन् । नेविसंघ, तरुण दल, मन्त्री बन्ने बेलालगायतमा भागबण्डा लिएर आफ्ना मान्छेलाई अवसर दिएका पौडेल–कोइरालाले जिम्मेवारीबाट पन्छिन खोजेका हुन् ।

महामन्त्रीमा निर्वाचित भएपछि डा.कोइरालाले एउटा पनि कार्यपत्र वा राजनीतिक दस्तावेज पार्टीको केन्द्रीय कार्यालयमा पेश गरेको धेरैलाई थाहा छैन । वीपी कोइरालाको छोरा भएकै नाताले महामन्त्रीमा सर्वाधिक लोकप्रिय मत पाएका डा.कोइरालाले कांग्रेसका कार्यकर्ताहरूले दिएको विश्वासको कदर गर्नै सकेका छैनन् । वीपीको छोरालाई कांग्रेसका कार्यकर्ताले साथ दिनु एउटा कुरा हो । तर, महामन्त्री डा.कोइरालाले कांग्रेसका लागि अहिलेसम्म के–के गरे स्वयत पत्र जारी गर्न सक्छन् ? कदापि सक्दैनन् ।

वरिष्ठ नेता पौडेलले फेसबुक लाइभ र सामाजिक सञ्जालमा बेलाबेला देउवालाई गाली गरेर अभिव्यक्ति दिन्छन् । पौडेलले पार्टीलाई फाइदा हुने गरेर कहिले कुनै निर्णय गराएका छन् ? उनका प्रस्तावहरू पार्टीलाई भन्दा पनि आफू केन्द्रित अर्थात व्यक्तिगत स्वार्थका हुने गरेका छन् ।

केही समय अगाडि कम्युनिस्ट सरकारका प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीलाई नेकपाका केन्द्रीय सदस्यहरूले बैठक माग गरेर ज्ञापन पत्र बुझाएका थिए । त्यस्तै गरेर सोमबार पौडेल–कोइराला समूहले देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

कम्युनिस्टहरूले जस्तो पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेका पौडेलले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर भयो भन्ने भन्दै आएका छन् । पार्टीभित्र विरोध गर्ने अधिकार सबैलाई छ । तर, कम्युनिस्टहरूले जस्तो बैठक बहिस्कार गर्ने अनि लोकतन्त्र कमजोर भयो भन्ने पौडेल र कोइरालाको कार्यशैली दोहोरो चरित्रको भयो भन्नेहरू धेरै छन् ।

पौडेल–कोइरालालाई साथ दिए नेता प्रकाशमान सिंह पनि पछाडि पछाडि हिँडेका छन् ।

देउवालाई मात्रै खराब देखाउने कार्यमा हस्ताक्षर गर्नेहरूले पहिला आफूले कांग्रेसलाई कति दिएँ भनेर सोच्नु पर्छ । महासमिति सदस्य समेत जित्न नसक्नेहरू सांसद र केन्द्रीय सदस्य छन् ।

सरकारविरुद्ध आन्दोलन गर्दा ५० जना व्यक्ति ल्याउन नसक्नेहरूले एकले अर्कालाई दोष दिएर हिँडेका छन् ।

सभापति देउवाको पनि दोषी छ । तर, देउवाले शुरुदेखि गल्ती गर्दै जाँदा पौडेल–कोइराला समूहले पनि साथ दिएका थिए । अहिले आएर सभापतिमा जितिन्छ कि भनेर पौडेल–कोइराला समूह लागेका छन् ।

कोरोना महामारीका बेला कसरी जीवन रक्षा गर्ने भनेर सोँच्नुपर्ने बेला पौडेल–कोइराला समूहलाई महाधिवेशन चाहिएको छ । महाधिवेशन गर्नुपर्छ । देउवाले ढिलाइ गर्नु हुँदैन । तर, कुनै व्यक्तिको स्वार्थका लागि कोरोनाको जोखिम मोलेर महाधिवेशन हुन सक्दैन ।

को-को हुन् देउवाविरुद्ध ज्ञापन पत्र बुझाउनेहरू ?

१. रामचन्द्र पौडेल, नेता, नेपाली कांग्रेस

२. डा. शशांक कोइराला, महामन्त्री, नेपाली कांग्रेस

३. सीतादेवी यादव, कोषाध्यक्ष, नेपाली कांग्रेस

४. प्रकाशमान सिंह, केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री, नेपाली कांग्रेस

५. डा रामशरण महत, केन्द्रीय सदस्य तथा पूर्व सहमहामन्त्री, नेपाली कांग्रेस

६. अर्जुननरसिंह के.सी., केन्द्रीय सदस्य तथा पूर्व सहमहामन्त्री, नेपाली कांग्रेस

७. बलबहादुर के.सी., केन्द्रीय सदस्य, नेपाली कांग्रेस

८. महेश आचार्य, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

९. दिलबहादुर घर्ती, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१०. डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

११. सुजाता कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१२. दिलेन्दप्रसाद बडू, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१३. डा शेखर कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१४. दीपक गिरी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१५. नवीन्द्रराज जोशी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१६. डा. चन्द्र भण्डारी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१७ कमला पन्त, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१८. धनराज गुरुङ्ग, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१९. रत्न शेरचन, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२०. बद्रीप्रसाद पाण्डे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२१. जीवन परियार, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२२. गुरुराज घिमिरे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२३. कल्याणकुमार गुरुङ्ग, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२४. रामकृष्ण यादव, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२५. हृदयराम थानी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२६. किरण यादव, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२७. सरिता प्रसाईं, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

Published : Monday, 2020 September 28, 5:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया