कम्युनिस्ट मन्त्री नराम्रोसँग फसे, कांग्रेसद्वारा एकएक हर्कतको भण्डाफोर, मन्त्री पद फुत्किने खतरा

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारसँग हुम्लाको नाम्खामा चीनबाट नेपाली भूमि मिचिएको विषयमा नेपाली कांग्रेसले जवाफ मागेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘हुम्लाको नाम्खामा चीनद्वारा नेपाली सीमा मिचिएको वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली हुम्लाको सदरमुकाम सिमकोट फर्किएको २४ घण्टा पुग्दै गर्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएकोप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘हुम्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका सेनानी, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लगायत दुई दर्जन बढीको अध्ययन टोलीले स्थलगत अध्ययन गरिरहँदा नै सीमा मिचिएको छैन भनेर परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणालाई हामीले स्थलगत अध्ययन विवरणको प्रतिक्षा नगरी सार्वजनिक गरिएको हतारोको टिप्पणीका रुपमा लिएको थियौँ’, शर्माले भनेका छन् ।

कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘स्थलगत भ्रमणमा गएको टोली सदरमुकाम फर्के पश्चात वास्तविकता बाहिर आउने हुँदा धैर्यताको अपेक्षा र अपील पनि हामीले गरेका थियौँ ।’

‘स्थलगत भ्रमणको अध्ययन टोली सदरमुकाम सिमिकोट फर्किएपछि पनि स्थानीय प्रशासनमार्फत् अथवा स्थानीय प्रशासनले दिएको विवरणको आधारमा संघीय सरकारले सीमासम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनु रहस्यमय छ’, कांग्रेसले भनेको छ ।

‘एकातर्फ परराष्ट्र मन्त्रालयको हतारोको टिप्पणी, सहायक प्रमुख जिल्ला अधिकारीलाई स्पष्टीकरण र अर्कातर्फ स्थलगत अध्ययनको विवरण समेत सार्वजनिक गर्न गरिएको ढिलाइले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिएको छ, जुन स्वाभाविक हो’, शर्माले भनेका छन् ।

‘नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियत माथि गम्भीर प्रश्न खडा भएको छ, अविलम्व वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न नेपाली कांग्रेस सरकारसंग जोडदार माग गर्दछ’, शर्माले भनेका छन् ।

कम्युनिस्ट सरकारका परराष्ट्र मन्त्री समेत रहेका प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकार सम्मेलन गरेर चीनले नेपाली भूमि नमिचेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चीनबाट सीमा मिचिएको भू–भागको स्थलगत अध्ययनका लागि पुगेका बेला काठमाडौंमा कम्युनिस्ट सरकारले चीनको बचाउमा अभिव्यक्ति दिएको थियो ।

स्थानीय तहका जनप्रतिनिधिहरूले चीनले नेपाली भूमिमा ९ वटा भवन बनाएको भनिसकेका छन् ।
कम्युनिस्ट सरकारका परराष्ट्र मन्त्री एवम् प्रवक्ता ज्ञवालीको अभिव्यक्तिले विवाद उत्पन्न गरेको छ ।

नेपाली भूमिका विषयमा चीनको बचाउमा कम्युनिस्ट सरकारका मन्त्री ज्ञवालीलाई विवादास्पद अभिव्यक्ति आएपछि कांग्रेसले घुमाउरो भाषामा हटाउन माग गरेका छ ।

Published : Friday, 2020 September 25, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया