कम्युनिस्ट मन्त्रीकाे याे हाे असली चरित्र, उत्रियो कथित आदर्शकाे मुखुण्डो

काठमाडौं । मन्त्री हुन अगाडिसम्म आदर्शका कुरा गर्ने कृषिमन्त्री घनश्याम भुसाल एकपछि अर्को गर्दै विवादमा परिरहेका छन् ।

कृषिको अनुदान घोटाला, मल काण्डलगायत थुप्रै काण्डमा मन्त्री भुसाल विवादमा पर्दै आएका छन् । पूर्वएमालेबाट प्रतिनिधि सभा निर्वाचनमा रुपन्देहीबाट निर्वाचित भएका भुसालले कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्न नसकेको आरोप लागेको छ ।

मन्त्री हुनु अगाडिसम्म प्रधानमन्त्री खड्गप्रसाद ओली र मन्त्रीहरूको आलोचना गरेर नथाकेका मन्त्री भुसाल अहिले भने आफै आलोचित हुनु परेको छ ।

मन्त्री भुसालले छाता समे अर्कैले ओढाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । भुसालका अंगरक्षकले छाता ओढाइदिएका छन् ।

सर्वहारा र गरिव जनताको राजनीति गरेको दाबी गर्ने मन्त्री भुसालले छाता समे आफै ओढ्न सकेका छैनन् । मन्त्री भुसाललाई छाता ओढाइदिन पनि अर्को मान्छे चाहिएको छ ।

यसअघि, तत्कालीन मन्त्री रविन्द्र अधिकारीले पनि छाता ओढाउन लगाएको तस्वीर सार्वजनिक भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिरको दर्शन गर्न गएका बेला नेपाली अंगरक्षकलाई जुत्ता बोक्न लगाएकी थिइन् । भण्डारीले आफ्ना छोरीहरूको जुत्ता पनि बोक्न लगाएकी थिइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जहिले पनि आफैले छाता ओढ्ने गर्छन् । हाम्रा कम्युनिस्ट सरकारका मन्त्री, राष्ट्रपति र प्रधानमन्त्री तथा कम्युनिस्ट नेताहरूले छाता समेत अंगरक्षकलाई ओढाउन लगाउँछन् ।

Published : Friday, 2020 September 25, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया