जिता बरालले काठमाडौंमा बबाल मच्चाइन, ज्ञानेन्द्रले छोएपछि शान्त

काठमाडौं । नर्सिङ काउन्सिलकी सदस्य जिता बरालले काठमाडौंमा नौटंकी देखाएकी छिन् ।

काठमाडौंको ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा असोज ६ गते भाँडभैलो मच्चाएकी हुन् । नर्स समेत रहेकी बरालले इमरजेन्सी कक्षमा चिकित्सकहरूलाई गाली गर्ने, थुक्नेलगायतका आपत्तिजनाक शब्दावली बोलेकी थिइन् ।

बरालले ट्रमा सेन्टरमा बबाल गरेको भिडियो रातोपाटी नामक अनलाइनले सार्वजनिक गरेको छ ।
सदस्य बरालले असोज ६ गते साँझ २ घण्टा १५ मिनेटसम्म ट्रमा सेन्टरमा भाँडभैलो मच्चाएकी थिइन् ।

सदस्य बराल ट्रमा सेन्टरमा रहेका डा.गोविन्द केसीको समर्थनमा नाराबाजी गर्न पुगेकी थिइन् ।

बरालले नाराबाजी गर्दा अस्वभाविक हाउभाउ देखाएकी थिइन् । नर्सको सेतो कोटमा ट्रमा सेन्टर प्रवेश गरेकी बरालले त्यस दिन नशालु पर्दा सेवन गरेको हुन सक्ने अनुमान चिकित्सकहरूको छ ।

प्रहरीको सहयोगमा बराललाई बेडमा राखेर उपचारको प्रयास गरिएको थियो । बेडमा बसेकी बरालले मुखमा जे आयो त्यही बोल्ने गरेकी थिइन् ।

इमरजेन्सी कक्षभित्र नाच्ने, गीत गाउने, डाक्टर, नर्सलाई गालीगलौज गर्ने गरेकी थिइन् ।

ट्रमा सेन्टरमा बबाल गरेकी काउन्सिलकी सदस्य बरालले ज्ञानेन्द्र शाहीलाई बोलाइदिन आग्रह गरेकी थिइन् । ज्ञानेन्द्र शाही ट्रमा सेन्टर आइपुगेपछि शान्त भएकी थिइन् । ज्ञानेन्द्र शाहीले थुम्थुमाएपछि जिता बराल शान्त भएकी थिइन् । त्यसपछि शाहीसँगै बराल पनि बाहिरिएकी थिइन् ।

बबाल मच्चाएकी बरालको भिडियो मोबाइलमा खिच्नेहरूसँग मोबाइल खोसेर ज्ञानेन्द्र शाही र उनको समूूहले डिलिट गरेको थियो ।

Published : Friday, 2020 September 25, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया