यी हुन् चापागाउँमा ‘फुड बैंक’ सञ्चालन गर्ने कांग्रेसका हिरोहरू, अबराेध गर्ने कम्युनिस्टहरू पराजित

चापागाउँ । नेपाली कांग्रेस, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरूले ललितपुरका विभिन्न स्थानमा ‘फुड बैंक’मार्फत समस्यामा परेका सर्वसाधारणको सेवा गरेका छन् ।

खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगाउँदा अति विपन्न र मजदुरहरूको भोको पेट भर्न कुनै बिकल्प दिएन । खाद्यान्नसहितका राहतका कार्यक्रम पनि आएन ।

निषेधाज्ञाका बेला गर्भवती महिला, मजदुर, अति विपन्न परिवार बिहान–साँझ खानै नपाएर मर्ने अवस्था सिर्जना भएपछि कांग्रेसका युवा नेता एवम् कांग्रेसको खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले ललितपुरका विभिन्न स्थानमा ‘फुड बैंक’को अवधारणा अगाडि सारेका थिए ।

यस्तो अवस्थामा ललितपुर कांग्रेसका युवाहरूलाई समेटेर महर्जनले ‘फुड बैंक’ सञ्चालन गरेका हुन् । कम्युनिस्टहरूको अबरोध र चुनौतिलाई सामना गर्दै उनले राहत वितरण गरेका थिए । ‘फुड बैंक’मा खाद्यान्नको प्याकेजहरू बनाएर दैनिक रुपमा विरतण गरिएको थियो ।

कांग्रेसका युवा, विद्यार्थी र तरुणहरूले ‘फुड बैंक’बाट १५ हजार ७ सय ७५ किलो चामल, नुन ४ हजार ५ सय किलो, दाल ८ हजार ८८ किलो, मस्यौरा ४ हजार किलो, तेल २ हजार लिटर, वाइवाइ चाउचाउ २ सय कार्टुन, साबुन ७ हजार पिस गरि करीव १२ लाख बराबरको राहत बितरण भएको नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर– १ सचिव अनिल श्रेष्ठले बताएका छन् ।

चापागाउँको ‘फुड बैंक’का संयोजक अनिल श्रेष्ठ, कार्यक्रम सञ्चालक उमेश कायस्थ, तरुण युवाहरू नवीन जोशी, बालगोपाल हाडा, बुलाल देशार, बिक्रम महर्जन, किशोर देशार, गंगाधर श्रेष्ठ, अमिर महर्जन, निलेश महर्जन, नवीन श्रेष्ठ, अस्थ देशार, अजित देशार, प्रवीन राजोपाध्याय, निरज देशारको सहभागिता रहेको थियो ।

त्यसैगरी, सागर महर्जन, निरन देशार, अपील देशार, भुवन देशार, दिकेश देशार, महेश्वोर देशार, बिधान श्रेष्ठ, सुशान्त शाक्य, राजकुमार महर्जन ‘बबाल’, रिजना श्रेष्ठ, सर्जु श्रेष्ठ, मनीष नकर्मी, राजुु महर्जन लगायतका युवाहरूले दैनिक रुपमा खटिएर ‘फुड बैंक’ सञ्चालन गरेका थिए ।

भदौ ९ गतेबाट सञ्चालनमा आएको ‘फुड बैंक’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूको अबरोधका बाबजुद १ महिना सञ्चालनमा आएको थियो ।

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिका नेकपाका सांसद नवराज सिलवाल र नेकपाकै प्रदेश सांसद चेतनाथ सञ्जेलको दवावमा ‘फुड बैंक’ ३ दिन बन्द भएको थियो । नेकपाको दवावमा प्रहरीले ‘फुड बैंक’ रोक्ने प्रयास गरेपछि कांग्रेसका युवा, तरुण र विद्यार्थी नेताहरूले समस्यामा परेका सर्वसाधारणलाई घरमै खाद्यान्न पुर्‍याइदिएका थिए ।

‘फुड बैंक’मा अबरोध गर्ने नेकपाका सांसदद्वय सिलवाल र सञ्जेलको हर्कतको गोदावरीका जनताले विरोध गरेका छन् । स्थानीयको विरोध भएपछि सिलवाल र सञ्जेल ब्याक हुन बाध्य भएका थिए । त्यसपछि ‘फुड बैंक’ सहज रुपमा चलेको थियो ।

निषेधाज्ञा र कोरोना महामारीका बेला ललितपुरका सर्वसाधारणलाई राहत दिनुको साटो ‘फुड बैंक’ सञ्चालनमा अबरोध सिर्जना गर्ने नेकपाका सांसद सिलवाल र सञ्जेलका कार्यक्रमहरू स्थानीयले बहिस्कार गर्ने स्थानीय महिला रिजना श्रेष्ठले बताएकी छिन् ।

कांग्रेसका युवा नेता महर्जनको संयोजन र पहलमा ललितपुरका विभिन्न स्थानमा निषेधाज्ञाका बेला ‘फुड बैंक’ सञ्चालनमा आएका हुन् । महर्जनले ‘फुड बैंक’मा सहयोग गर्ने संघसंस्था, उद्योगी, ब्यवसायी, खेलाडी लगायत राहत जुटाउन सहयोग गर्नेलाई पनि धन्यावाद दिएका छन् ।

‘फुड बैंक’लाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने नेपाली कांग्रेस महामन्त्री एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा तरुण विभागका प्रमुख शंकर भण्डारी, नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्य, पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतको सहयोग रहेको थियो ।

Published : Friday, 2020 September 25, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया