कम्युनिस्टहरूलाई हर्कतहरू राेक्न कांग्रेसकाे चेतावनी, ओली नसच्चिए देशभरि नङ्ग्या छाड्ने

काठमाडौं । नेपाली कांग्रेसले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले संवैधानिक परिषदको गरिमालाई अवमूल्यन गरेको भन्दै आक्रोश प्रकट गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरेर नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको जनाएका हुन् ।

‘लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषदको अलग्गै महत्व, मर्म एवम् मूल्य हुन्छ र हुनु पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद् त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद् संकेत होइन’, कांग्रेसले भनेको छ ।

‘संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ गरियो’, विज्ञप्तिमा भनिएको छ, ‘अध्यादेशमार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र पनि यसबीचमा गरियो ।’

‘नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरू गर्ने विषयमा जुन रूपमा आफूलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

‘संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले ब्यवस्था गरेको प्रबन्ध र पद्धतिभन्दा बाहिर गएर कार्य नगर्न नेपाली कांग्रेस प्रधानमन्त्रीलाई सजग गराउँदै सार्वजनिक रुपले अपील र आग्रह गर्दछ’, शर्माले भनेका छन् ।

कम्युनिस्ट सरकारले नेकपाभित्र संवैधानिक परिषदलाई अवमूल्यन हुने गरेर गतिविधि गरेपछि कांग्रेसले कम्युनिस्टहरूलाई सचेत गराएको हो ।

Published : Thursday, 2020 September 24, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया