कम्युनिस्ट सरकारद्वारा अध्यादेश पारित

काठमाडौं । संसद नरहेको अबस्थामा झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले अध्यादेश पारित गरेको छ ।

बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही गर्ने गरी अध्यादेश पारित गरेको हो ।

अध्यादेश पारित गर्दै स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाउने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

यो अध्यादेशलाई सरकारले हिउँदे अधिवेशनमा पेस गर्नेछ । एसिडपीडितहरूको संरक्षण, दोषीलाई कडा सजाय, क्षतिपूर्तिलगायतको स्पष्ट व्यवस्था हुने गरी अध्यादेश पारित गरिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले दोषीलाई कडा सजायको व्यवस्था हुने गरी १५ दिनभित्र कानूनको मस्यौदा ल्याउन कानून मन्त्रालयलाई निर्देशन दिएका थिए ।

Published : Thursday, 2020 September 24, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया