ओलीको छायाँमा दाहाल, निर्देशन लिन बाक्लै पुग्छन् बालुवाटार

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग दाहालले भेट गरेका हुन् । भेटमा पार्टीको आन्तरिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

हालै नेकपाको एकलौटी अध्यक्षको जिम्मेवारी पाएका दाहालले ओलीलाई पटक–पटक भेट्ने गरेका छन् । ओलीको निर्देशन पाएपछि बाहिरिने गरेको नेताहरूको आरोप छ ।

पार्टीभित्रको आन्तरिक विषयमा निर्णय गरेर जानुपर्नेमा दाहालले ओलीसँग हरेक झिनामसिना कुरामा परामर्श लिने गरेका छन् ।

पार्टीको निर्णय एकलौटी रुपमा गर्दा ओलीको अबरोध र असहयोग हुने हो कि भन्ने विषयमा दाहाललाई डर छ । सोही कारण ओलीलाई बाक्लै रुपमा भेटेर निर्देशन लिने गरेको स्रोतको भनाइ छ ।

सरकार ओली र पार्टी दाहालले चलाउने भनेर स्थायी समितिको बैठकले निर्णय गरेको थियो ।

दहालले पार्टी सहज रुपमा चलाउनुपर्नेमा बालुवाटारमा घुपुर घुपुर भेटन जाने गरेका छन् ।

Published : Thursday, 2020 September 24, 1:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया