मोरङका युवाहरूलाई देउवाद्वारा पार्टीमा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहाुर देउवाले मोरङ जिल्लाका युवा नेताहरूलाई पार्टीमा प्रवेश गराएका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा बुधबार आयोजित कार्यक्रममा देउवाले मोरङबाट विभिन्न दल परित्याग गरि कांग्रेस प्रवेश गरेकाहरूलाई भित्र्याएका हुन् ।

कांग्रेस प्रवेश गर्नेहरूमा मनीष गुरुङ, विमल श्रेष्ठ, सौगात खड्का, अजिल यादव, निर्मल सिग्देल लगायतका युवा नेताहरू रहेका छन् । मनीष गुरुङको नेतृत्वमा युवाहरू प्रवेश गरेको नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले जानकारी दिएका हुन् ।

कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ, नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणा, राष्ट्र सभाका सदस्य रमेशजंग रायमाझी, केन्द्रीय सदस्य अमृत अर्याल, नेपाली कांग्रेस महिला विभागकी सचिव लक्ष्मी खतिवाडा, प्रदेशसभा सदस्य विन्दया कार्की, पूर्व राज्यमन्त्री दिलिप गच्छेदार, नेपाल तरुण दल रसुवाका नेता अनिल लामा, सुन्दर हरैंचा नगरपालिकाका मेयर शिव ढकाल, शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौला, कांग्रेस नेता चेतराज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकार अलोप्रिय भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न दल परित्याग गरेर कांग्रेस प्रवेश गर्नेहरूको लहरनै चलेको छ ।

कांग्रेस सभापति देउवाले नव प्रवेशी युवाहरूलाई देश र जनताको पक्षमा इमान्दार भएर काम गर्न निर्देशन दिए । देउवाले कुनै पनि साथीहरूलाई भेदभाव नगरिने बताएका छन् ।

Published : Wednesday, 2020 September 23, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया