बामदेवको पालामा एमालेलाई धुलाे चटाएर उपाध्यक्ष जित्ने सापकोटा विभागको सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कृष्ण सापकोटालाई सभापति शेरबहादुर देउवाले जनसम्पर्क समिति समन्वय विभागको सदस्यमामनोनीत गरेका छन्।

सभापति देउवाद्वारा सोमबार गुल्मी कांग्रेसका युवा नेता सापकोटालाई विभागको सदस्यमा मनोनीत गरेका हुन्। सापकोटाले लामो समयपछि नेपाली कांग्रेसमा न्याय पाएका छन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र संसदीय दलका प्रमुख सचेक बालकृष्ण खाँणलाई विशेष धन्यावाद दिएका छन्।

‘मैले कांग्रेसमा गरेको योगदानको कदर स्वरुप सभापति शेरबहादुर देउवा र संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले न्याय गर्नुभएको छ’, उनले भने, ‘कांग्रेसमा इमान्दार भएर काम गर्ने हो भने ढिलो चाँढो न्याय पाइन्छ।’

सापकोटाले नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति, चन्द्र केसी, कांग्रेसका सभापति भुवन श्रेष्ठ, नेताहरू महेन्द्र भण्डारी, दामाेदर भुसाल, धनेन्द्र कार्की, छन्द पहराईलगायतलाई पनि विशेष धन्यावाद दिएका छन्। उनले नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनालाई पनि विशेष स्मरण गरेका छन् ।

तत्कालीन समयमा सापकोटा ०५४ सालको स्थानीय निर्वाचनमा गुल्मी जिल्लाको अर्लाङकोट गाउँविकास समितिको उपाध्यक्षमा निर्वाचित भएका थिए। उनी गाविसको उपाध्यक्षमा निर्वाचित हुँदा जम्मा २२ वर्षका थिए।

सभापति देउवाले सोमबार ३४ जनालाई विभागको सदस्यमा मनोनीत गरेका छन्।

कांग्रेसको शक्तिशाली संगठन विभागपछि दोस्रो वरीयतामा जनसम्पर्क समिति समन्वय विभागलाई मानिएको छ।

०५४ सालमा तत्कालीन समयमा गृहमन्त्री बामदेव गौतम थिए। गौतमले धाँधली गरेर त्यस बेला एमालेलाई स्थानीय निकायको निर्वाचनमा जिताएका थिए। बामदेवको दब्दबा रहेका बेला पनि सापकोटाले एमालेका उम्मेदवारलाई हराएर सानै २२ वर्षको उमेर गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए।

नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिमा रहेर काम गरेका सापकोटा कांग्रेसको राजनीतिमा धेरै उतारचढाब ब्यहोरेका छन्। सापकोटालाई गुल्मीमा कम्युनिस्टहरूले ठूलो दुश्मनका रुपमा चिन्छन्।

Published : Tuesday, 2020 September 22, 12:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया