कांग्रेसको दोस्रो शक्तिशाली विभागको सदस्यहरूमा को–को मनोनीत ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनसम्पर्क समिति समन्वय विभागलाई विस्तार गरेका छन्।

सभापति देउवाले सोमबार ३४ जनालाई सदस्यमा मनोनीत गरेका हुन्।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार वीरेन्द्रकुमार माझी (मोरङ्ग), दिलबहादुर गुरुङ्ग (जर्मनी), प्रेमध्वज लामा (सिन्धुपाल्चोक), जानकीलाल बस्नेत (दाङ्ग), कुलप्रसाद गुरुङ्ग (हङकङ), नरेन्द्र भाट (डडेलधुरा, कतार), साम्राज्यबिक्रम पाण्डे (कैलाली), तिलकबहादुर भण्डारी (रुकुम), पेमा निमा शेर्पा (ओखलढुङ्गा) र भरत गुरुङ्ग (चितवन)लाई मनोनीत गरिएको छ।
मनोज मिश्र (धनुषा), सुरज नायक (अमेरिका), गिरिराज कुँवर (दक्षिण कोरिया), श्री सापकोटा (नुवाकोट), लवराज दाहाल (काठमाडौं), राम श्रेष्ठ (स्याङ्जा), नाचोङ गुरुङ्ग (मनाङ्ग), विष्णुबहादुर रायमाझी (रुपन्देही), दीनामणि पाण्डे (अर्घाखाँची, भारत), कृष्ण सापकोटा (गुल्मी) र चित्रबहादुर मल्ल (मुगु)लाई सभापति देउवाले सदस्यमा मनोनीत गरेका छन्।

सदस्यमा मनोनीत हुनेमा दिलेन्द्र रावल (कञ्चनपुर), प्रज्ञान न्यौपाने (दाङ), भरत अर्याल (अमेरिका), जगदीश न्यौपाने (तनहुँ), मनोज भण्डारी (काठमाडौं), बद्री अर्याल (धादिङ्ग), जगदीश पौडेल (स्याङ्गजा), नन्दु पुनु नेपाली (पर्वत हाल काठमाडौं), सन्तोषप्रसाद रिजाल (मलेसिया, पाँचथर), शेषकान्त पुरी (स्याङ्गजा), जगदीश खाँण (नवलपुर), जीवन नेपाल (इलाम), श्यामप्रसाद उप्रेती (दोलखा), कृष्णप्रसाद पौडेललाई मनोनीत गरिएको छ।

समितिका प्रमुख कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई रहेका छन्। भट्टराईकै सिफारिसमा सभापति देउवाले सदस्यहरू मनोनीत गरेका हुन्।

कांग्रेसको शक्तिशाली संगठन विभागपछि दोस्रो वरीयतामा जनसम्पर्क समिति समन्वय विभागलाई मानिएको छ।

Published : Tuesday, 2020 September 22, 12:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया