कांग्रेसका केन्द्रीय सदस्य बस्नेत आफैले दिए रगत, खेलकुद विभागद्वारा काठमाडाैंमा रक्तदान

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभागले कोरोना महामारीका बेला रगतको अभाव नहोस् भनेर काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

विभागले आइतबार कांग्रेसका संस्थापक नेता तथा त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति स्व.सुवर्णशम्शेर राणा जबराको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

खेलकुद विभाग, विश्वविद्यालय खेलकुद संघ र एफआईएसयुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको विभागका प्रमुख एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विभागका प्रमुख बस्नेतको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको कार्यालय नयाँबानेश्वरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

देशमा कोरोना र बाढीपहिरोबाट प्रभावित बढेसंगै रगत अभाव भएपछि विभागले रक्तदान कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।

पूर्वमन्त्री एवम् कांग्रेस नेता बस्नेत आफैंले पनि रक्तदान गरेका थिए। ‘रगतको अभाव हुन नदिन हामी सबैको प्रयासमा रक्तदान गरेका हौँ’, उनले भने, ‘मेरो एक थोपा रगतले कसैको जीवन बचाउन सकिन्छ भने मैले योगदान दिनुपर्छ ।’

अरविन्द अधिकारी, साङदोर्जे शेर्पा, टपेन्द्रबहादुर दर्नाल, महेश बस्नेत, पूर्णसिंह बोहोरा, युधिर पौडेल, भानबहादुर चन्द, सुवास नेपाल, हेमन्तराज दंगोल, राजु कँडेल, मुके शेर्पा, आङ छिरिङ शेर्पा, साजन मोक्तान, आलोक सुवेदी, रत्नप्रसाद अधिकारी, राजेश चौलागाईं, दोङछिन लामा, ज्ञानेन्द्र थापाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेमा रमेशराज भण्डारी, राजकुमार भण्डारी, गोपाल थापा क्षेत्री, एसबहादुर रोका मगर, सुजन राई, झलक नेपाल, जनसिंह साउद, प्रकाश श्रेष्ठ, रुपकाजी लामा, पमोद तामाङ, बालकृष्ण बस्नेत, एकेन्द्र मल्ल र दीपकविक्रम थापालगायत ३२ जना रहेका थिए ।

कार्यक्रममा रक्तदान गर्ने लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई विभागका संयोजक एवम् पूर्वमन्त्री बस्नेतले धन्यवाद व्यक्त गरेका छन् ।

कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकमा कोरोना महामारीका साथै बाढीपहिरोका पीडितलाई आर्थिक र विभिन्न सहायता दिँदै आएका छन् ।

Published : Sunday, 2020 September 20, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया