ओली–दाहाललाई झापड हान्न हिँडेकी हुँ भन्ने मुख्यमन्त्री राईसँग नाम जाेडिएकी यी महिला पक्राउ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूलाई झापड हान्न काठमाडौंको पेरिसडाँडा पुगेकी बालिका खड्का पक्राउ परेकी छिन् ।

कोटेश्वरस्थित पूर्वमाओवादीको हेडक्वाटरमा आइतबार नेकपाको केन्द्रीय सचिवालयको बैठक बसेको छ ।

सो बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली, दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल, सचिवालयका सदस्यहरू बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, रामबहादुर थापा, झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरूको उपस्थिति रहेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पति कायम गरिपाउँ भनेर अंशबण्डासहितको मुद्धा काठमाडौं जिल्लामा खड्काले दर्ता गराएकी थिइन् । केही दिन अगाडि उनले कसैको उक्साहटमा मख्यमन्त्री एवम् नेकपाका नेता राईविरुद्ध मुद्धा दायर गरेको भन्दै फिर्ता लिएकी थिइन् ।

मुख्यमन्त्री राईसँग न्याय नपाइको र पार्टीका शीर्ष नेताहरूले पनि बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाउँदै आएकी खड्का आइतबार ठूला नेताहरूलाई झापड हान्न आएको हुँभन्दै बबण्डर मच्चाएपछि प्रहरीले पक्राउ गरेको छ ।

Published : Sunday, 2020 September 20, 12:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया