कम्युनिस्ट सरकारले सागगेमका पदक विजेतालाई विभषण दिएन, कांग्रेसद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई विभुषण नदिएकोमा विरोध जनाएको छ।

विभागका प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले शनिबार विज्ञप्ति जारी गरेर पद विजेत खेलाडीहरूको नाम विभुषण पाउने सूचीमा नराखेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

‘नेपाल सरकारले संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति ज्यूमार्फत प्रदान गरिने विभिन्नस्तरका विभुषणहरूमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गरि देशको गौरव बढाउने कुनै पनि विधाका खेलाडीहरूको नाम समावेश नभएकोप्रति नेपाली कांग्रेस खेलकुद विभागको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ सम्बन्धित निकायको ध्यान पुगोस् भन्ने अनुरोध गर्न पनि चाहन्छु।’

कम्युनिस्ट सरकारले आफ्ना भजन मण्डलीलाई मात्रै विभुषण, तक्मा र पदहरू दिएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुँदै आएको छ। कम्युनिस्ट सरकारले शिक्षकहरूलाई पनि विभुषण दिएको छैन।

जम्मा एकजना मात्रै शिक्षकले विभषणलाई विभुषण दिएको भन्दै आलोचना भएको छ।
झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले संविधान दिवसका अवसरमा ५९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गरेको छ।

शनिबार सार्वजनिक सूचीअनुसार ५९४ जनामध्ये ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गर्न लागिएको छ।

सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिने भएको छ। यो वर्ष नेपाल रत्न कसैलाई पनि नदिइएको सरकारले जानकारी दिएको छ।

Published : Saturday, 2020 September 19, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया