महामन्त्री डा.कोइराला डिस्चार्ज, केही दिन होम आइसोलसनमा बस्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् ।

काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा चार दिन जति उपचार गराएर डा.कोइराला शनिबार डिस्चार्ज भएका हुन् । होम आइसोलेसनमा बसेका डा.कोइरालालाई समस्या भएपछि चार दिन अगाडि अस्पताल भर्ना गरिएको थियो ।

‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरू, नेता तथा कार्यकर्ता, तथा उपचारमा संलग्न डा.विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु’, महामन्त्री डा.कोइरालाले फेसबुकमार्फत भनेका छन् ।

‘मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसंगै शनिबार अस्पतालबाट डिस्चार्ज भएको छु’, उनले भने, ‘चिकित्सकको सल्लाह बमोजिम अब केही दिन होम आइसोलेसनमै रहनेछु ।’

Published : Saturday, 2020 September 19, 1:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया