बाजुरामा नेकपाको किल्ला मानिने एउटा पूरै गाउँ कांग्रेसमा प्रवेश

पाण्डुसैन । बाजुरा जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार बुढीनन्दा नगरपालिकाको वडा नम्बर ८ पाण्डुसैनको गोठी गाउँमा आयोजित कार्यक्रममा नेकपाका स्थानीय लोकप्रिय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपाको किल्लाको रुपमा रहेको पाण्डुसैनको गोठी गाउँका २२ परिवारहरू नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस बुढीनन्दा वडा नम्बर ८ को वडा कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा गोठी गाउँका २२ परिवार नेकपा परित्याग गरी कांग्रेसमा प्रवेग गरेको स्थानीय लालबहादुर रोकायाले जानकारी दिएका छन् ।

नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गर्नेमा धनबहादुर ल्वार, सुमन ल्वार, पिरु ल्वार, दले ल्वार, कलक ल्वार, खडक ल्वार, बल ल्वारलगायतका रहेका छन् ।

नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेमा देवीलाल कठायत, वीरबले ल्वार, तारा ल्वार, सन्तोषी टमटा, चीन टमटा, चन्द्रा बुढा लगायतलाई नेपाली कांग्रेस महाधिवेशन तथा बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदमकुमार गिरीले स्वागत गरेको रोकायाले बताएका छन् ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले जनताका हितमा काम नगरेको र भ्रष्टाचार लिप्त भएकाले नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको नव प्रवेसीहरूले बताएका छन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नगर प्रमुख पदमकुमार गिरीले देशमा भएको कम्युनिस्टको ज्यादती अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले जनताको पार्टी भनेको नेपाली कांग्रेस भएको भन्दै नव प्रवेसीहरूलाई स्वागत गरेका हुन् ।

दुईतिहाइको कम्युनिस्ट सरकारले जनताको पक्षमा काम गर्न नसकेको र जनताका हितमा हुने कार्य विपरित कार्य गर्दै गएको भन्दै गिरीले नेकपा जनताको पार्टी बन्न नसकेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस बाजुराका जिल्ला कार्य समिति सदस्य रीता सिंह, नेविसंघ पूर्व केन्द्रीय सदस्य शिव बोहरा, बुढीनन्दा नगरपालिका–५ का वडाध्यक्ष कृष्ण पाध्याय, वडा नं. ७ का वडाध्यक्ष अशोक दानी, वडा नं. ८ का वडाध्यक्ष टेक रोकायालगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

वडाकार्य समितिका सभापति रत्न देवकोटाको अध्यक्षतामा भएको भेटघाट तथा चियापान कार्यक्रममा नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

बाजुरा जिल्लामा नेकपाको पछिल्लो समयमा ज्यादती बढ्दै गएको छ । सत्ताको उन्मादमा कम्युनिस्टहरूले जनताका समस्या देख्न छाडेको स्थानीयहरूले आरोप लगाएका छन् ।

बाजुरा जिल्लामा कम्युनिस्टहरू अलोकप्रिय बन्दै गएका छन् । नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेहरूको लहर चलेको छ ।

Published : Saturday, 2020 September 19, 12:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया