ओलीका शक्तिशाली सल्लाहकारले भाईलाई ठूलै नियुक्ति दिलाए

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्ना भाईलाई राजनीतिक नियुक्ति दिलाएका छन् ।

सल्लाहकार थापाले आफ्ना भाई चन्द्रबहादुर थापा क्षेत्रीलाई स्वास्थ्य बीमा बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्ति दिलाएको उच्च स्रोतले जनाएको छ ।

चन्द्र थापा क्षेत्री तिलगंगा आँखा अस्पतालका कर्मचारी समेत रहेको नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने एउटा अनलाइनले समाचार लेखेको छ ।

ओलीका प्रेस सल्लाहकार थापाकै दवाव र सिफारिसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले समितिको सदस्यमा नियुक्ति गरेका हुन् ।

सूर्य थापा र उनका भाई चन्द्र थापा क्षेत्रीको घर प्यूठान जिल्लामा पर्छ । उनीहरू काठमाडौंमा बस्दै आएका छन् ।

उप–प्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी डा.उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका सदस्य र त्यसपछि अध्यक्षमा नियुक्त गर्ने तयारी भएपछि ओली नेतृत्वको कम्युनिस्ट सरकारको व्यापक आलोचना भएको थियो ।

Published : Friday, 2020 September 18, 8:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया