सभापति देउवा होम क्वारेन्टिनमा, सचिवालयका दुई जनामा कोरोना

काठमाडौं । सचिवालयमा कार्यरत दुई कर्मचारीलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम क्वारेन्टिनमा बसेका छन् ।

सभापति देउवा बुढानिलकण्ठस्थित होम क्वारेन्टिनमा बसेका हुन् ।

उनका स्वकीय सचिव भानु देउवाका अनुसार बुधबार सचिवालयमा कार्यरत् दुई जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो ।

मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिइएकोमा कोरोना संक्रमण देखिएको छ ।

कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि देउवा बुधबारदेखि नै क्वारेन्टिनमा बसेका हुन् ।

संवैधानिक निकायहरूमा नियुक्तिका लागि प्रधानमन्त्री खड्गप्रसाद ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने तयारी गरिरहेका बेला देउवा क्वारेन्टिनमा बसेका हुन् ।

Published : Thursday, 2020 September 17, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया