कोरोनाका बेला प्रदेश १ र २ का महाधिवेशन प्रतिनिधिहरूलाई कांग्रेसको प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार प्रदेश १ र २ लाई प्रशिक्षण दिइएको हो ।

कोभिड–१९ को कारण भर्चुअल माध्यमद्वारा प्रशिक्षण कार्यक्रमहरू भइरहेको शर्माले बताएका छन् ।

भदौं २९ गते प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम र झापा तथा ३० गते प्रदेश २ का बारा, पर्सा, रौतहट तथा ३१ गते सिरहा र सप्तरीका सदस्यहरूलाई प्रशिक्षण दिइएको छ ।

प्रविधिको असहजतालाई समेत सहज गराउँदै पार्टीका केन्द्रीय सदस्यहरू, संघीय तथा प्रदेश सांसदहरू, भातृ तथा शुभेच्छुक संस्थाका सदस्यहरु तथा विभिन्न तहका नेताहरू तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

भर्चुअल प्रशिक्षणको प्रमुख आतिथि रहेका कांग्रेस उपसभापति तथा प्रष्ठिानका प्रमुख विमलेन्द्र निधिले पानसमा वत्ती बालेर कार्यक्रमको उद्घाटन गरेको विज्ञप्तिमा उल्लेख छ ।

निधिले नेपाली कांग्रेसको आदर्श र सिद्धान्तको आधार राष्ट्रियता, लोकतन्त्र र समाजवादमा केन्द्रित रही परिवर्तन र संविधान निर्माणको नेतृत्व नेपाली कांग्रेसले नै गरेको हुनाले परिवर्तनबाट प्राप्त गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिक निर्वाचन प्रणाली र धर्मनिरपेक्षता जस्ता उपलव्धिहरूको स्वामित्व कांग्रेसले नै लिनु पर्ने बताए ।

उनले अहिंसा र शान्तिपूर्ण मार्गको माध्यमद्वारा आगामी दिनमा देशको विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा गोपालकुमार बस्नेत र सुधीरकुमार शिवाकोटी, फरमुल्लाह मंसुर, सुरेन्द्रप्रसाद चौधरी, सप्तरीका सभापति दिनेश यादव, जितेन्द्र देवको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य भीष्मराज आङ्देम्वे, पार्टीका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मा, केशवकुमार वुढाथोकी, सरिता प्रसाइँ, पूर्वमन्त्री केशव थापा, झापाका उप–सभापति राम कट्टेल, पाँचथरका उप–सभापति मित्र काफ्ले, कान्ता रिजाल, अजय चौरसिया, राधेचन्द्र यादव, श्रीकृष्णदेव यादव, शान्ति कार्की, देवेन्द्र नेपाली, पर्सा जिल्ला सभापति अजयकुमार द्विवेदी, पूर्व सांसद अनिल रुंगटा, जयकिरण, शम्भुहजारा पासवान् र मधु शाहीले मन्तव्य प्रकट गरेका थिए ।

समाजवादी चिन्तक एवं केन्द्रीय सदस्य प्रदीप गिरीको विशेष प्रशिक्षण मन्तव्य राखेका थिए ।

चित्रलेखा यादव, डा.गणेश मण्डल, हेमराज तातेड, अमीयकुमार यादव, रामचन्द्र यादव, नसीर सिद्दिकीसहितका वक्ताहरूले पनि मन्तव्य राखेका थिए ।

पार्टीको विधान बारे प्रशिक्षण निर्देशक खिलानाथ दाहाल र वर्तमान सरकारको कार्य समीक्षा प्रतिष्ठानका सदस्य राजु नेपालले प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका सदस्य डा. गोविन्द पोख्रेलले समाजवाद र आजको नेपालको आर्थिक अवस्थावारे प्रशिक्षण दिएका थिए ।

Published : Thursday, 2020 September 17, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया