भूकम्पको क्षतिको विवरण सार्वजनिक, धनकुटा र पर्वतमा ठूलो नोक्सानी

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा केन्द्र रहेका ६ म्यागनेच्युडको भूकम्पले धनकुटा र पर्वत जिल्लामा क्षति पु¥याएको छ ।

बुधबार बिहान ०५ः१९ मा गएको भूकम्पले धनकुटामा ४० लाख र पर्वतमा ५ लाख बराबरको क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

धनकुटा नगरपालिका–२ पैदले बस्ने पृथसिंह दाहालको कच्ची घर भूकम्पको कारण बुधबार बिहान ढलेर करीब ४० लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको बिहीबार जारी प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

भूकम्पबाट घर ढल्दा अन्नपात, लत्ताकपडा र काठहरू समेत गरी ४० लाख बराबरको धनमाल नष्ट भएको हो ।

उता, पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ पाङ बस्ने नारायण सुबेदीको कच्ची घरको पछाडिको भित्ता छानोसहित भूकम्पको धक्काले बुधबार बिहान भत्किएको छ ।

घर भत्किदा करीब ५ लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

०७२ साल वैशाख १२ गतेको भूकम्पपछि सबैभन्दा ठूलो भूकम्पको धक्का बुधबार बिहान गएको थियो ।

Published : Thursday, 2020 September 17, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया