देउवाद्वारा डा.कोइरालाको स्वास्थ्य लाभको कामना, स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको भन्दै शीघ्रस्वास्थ्य लाभको कामना गरेका छन् ।

सभापति देउवाले डा.कोइरालाको स्वास्थ्य लाभको कामना गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले डा.कोइरालाको स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘ओम अस्पतालमा चिकित्सक टिमको संयोजन गरिरहनुभएका डा.विश्वनाथ कोइरालाका अनुसार निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको छ’, मुख्यसचिव पौडेलले भनेका छन्, ‘रेमडिसिभर औषधिको प्रयोगले उहाँको स्वास्थलाई सहज बनाइरहेको छ ।’

‘सभापति देउवाले महामन्त्री डा.कोइरालाको स्वास्थबारे नियमित चासो राख्नु संगै यथाशीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ’, मुख्यसचिव पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘चाँडैनै स्वस्थ भएर फर्कन नेपाली कांग्रेस पार्टी परिवारका तर्फबाट हामी हार्दिक शुभेच्छा व्यक्त गर्दछौं’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

कोरोनाभाइरसको संक्रमण भएका महामन्त्री डा.कोइरालालाई मंगलबार राति चाबिहलको ओम अस्पतालमा आइसियुमा राखेर उपचार गरिएको छ । उनको स्वास्थ्य अवस्था सुधार भएको चिकित्सकहरूले जनाएका छन् ।

Published : Thursday, 2020 September 17, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया