को बन्ला पाँच नयाँ डीआईजी ? बिचौलियाहरू सक्रिय

काठमाडौं । नेपाल प्रहरीमा नायब प्रहरी महानिरीक्षक (डीआइजी)को पाँच दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

मन्त्रिपरिषदबाट प्रस्ताव पास भएमा पाँच जना डीआईजीको बढुवा हुनेछ । बढुवाका दौडधुप शुरु भइसकेको छ ।

पाँच दरबन्दी थपिएपछि डीआईजीका आठ दरबन्दी रिक्त हुनेछन् । दुई दर्जन एसएसपीहरू प्रतिस्पर्धामा छन् ।

बढुवाको प्रमुख दाबेदारमा दिलिप चौधरी, पुरुषोत्तम कँडेल, गणेश ऐर, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, प्रदीप श्रेष्ठ, शौरभ राणा रहेका छन् ।

कँडेललाई आईजीपी थापाले विश्वास गरेर प्रबन्ध र आर्थिक प्रशासन महाशाखाको जिम्मेवारी दिएका छन् ।

ती महाशाखाबाट आईजिपीलाई समेत थाहा नदिइ कँडेलले सेटिङ मिलाइरहेको स्रोत आरोप छ ।

एसएसपीहरू श्यामलाल ज्ञवाली, डा.देवबहादुर बोहरा, दिवेश लाहेनी, मुकुन्द आचार्य, सुशील यादव, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नलप्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँ पनि डीआईजी बढुवामा पर्खेर बसेका छन् ।

प्रहरी समायोजन शुरु भएपछि सरुवा बढुवा रोकिने भएकाले त्यसअघि नै बढुवा गर्न लागिएको छ ।

तल्लो तहका प्रहरीको बढुवामा भने केही बिचौलियाहरूले पैसा समेत उठाउने गरेको स्रोतले जनाएको छ ।

बढुवाका लागि गृहमन्त्री रामबहादुर थापा र खुमलटारसँग निकट रहेका नेता तथा बिचौलियाहरूसँग सेटिङ शुरु भइसकेको स्रोतको भनाइ छ ।

Published : Wednesday, 2020 September 16, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया