युवती काण्डमा कम्युनिस्ट मुख्यमन्त्रीले राहत पाए

काठमाडौं । बालिका खड्काले प्रदेश १ का कम्युनिस्ट मुख्यमन्त्री शेरधन राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको मुद्धा फिर्ता लिएकी छिन् ।

खड्काले मुद्धा फिर्ता लिएपछि मुख्यमन्त्री राईलाई राहत मिलेको छ ।

खड्काले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै नाता कायम गरि अंश दाबी गर्दै आएकी थिइन् ।

राईले लिभिङ टुगेदरमा राखेर छाडेको उनले आरोप लगाएकी थिइन् ।

नेकपा दोलखाकी नेतृ समेत रहेकी खड्काले आफूले अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईविरुद्ध त्यस्तो आरोप लगाएको बताएकी छिन् ।

आफूलाई विपक्षी शेरधन राईले रिलेसनमा बसौं भनेको बताउँदै बालिकाले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा राईबाट अंश मागदाबी गरेकी थिइन् ।

युवतीको निवेदन र मुद्दा फिर्ताको कागज गरी बुझाएपछि जिल्ला अदालत काठमाडौंले राईविरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले अंशचलनको मुद्दा फिर्तासम्बन्धी आदेश दिएको छ ।

मुख्यमन्त्री राईमाथि करिब ५ वर्षअघिदेखि यौन दुव्र्यवहारको आरोप सार्वजनिकरुपमै लगाउँदै आएकी थिइन् ।

खड्काले नेकपा नेता एवम् पूर्वमन्त्री कृपासुर शेर्पाको उक्साहटमा आफूविरुद्ध मुद्दा हालेको भन्दै शेरधनले तत्कालीन एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसमक्ष निवेदन दिएका थिए ।

Published : Wednesday, 2020 September 16, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया