कम्युनिस्टकी यी महिला सांसदले ईज्जत जाने काम गरिन्, नेकपाद्वारा कारबाही

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश १ की प्रदेशसभा सांसद होमकुमारी साँवालाई पार्टीबाट निलम्बन गरेको छ ।

नेकपा ताप्लेजुङकी जिल्ला कमिटी सदस्य समेत रहेकी सांसद साँवालाई पार्टीले निलम्बन गरेको हो । साँवाको हर्कतले प्रदेश सांसदको गरिमा र ईज्जत जाने कार्य भएको नेकपाले जनाएको छ ।

एक युवतीलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेर गाली गरेको भन्दै नेकपाले सांसद साँवालाई तीन महिनाका लागि निलम्बन गरिएको नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज भास्कर काफ्लेले जानकारी दिएका छन् ।

केन्द्रीय सदस्य काफ्लेले सामाजिक सञ्जालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रयोग गर्ने शब्दभन्दा अस्वभाविक भएकाले साँवालाई कारवाही गरेको बताएका छन् ।

ती युवतीले सांसद साँवाविरुद्ध पार्टीमा उजुरी दिएकी थिइन् । आफूलाई अपशब्द प्रयोग गरेको सामाजिक सञ्जालको स्क्रिनसट पार्टीमा बुझाएकी थिइन् ।

सांसद साँवा र ती युवतीबीचको कुराकानी फेक आइडीमार्फत बाहिरिएको थियो । फेक आइडी कसले बनाएको भन्नेबारे अनुसन्धान भइरहेको नेकपाले जनाएको छ ।

पार्टीभित्र विवाद मिलाउनेबारे छलफल हुँदाहुँदै सम्वाद बाहिरिएपछि विवाद बढेको थियो । नेकपाका ईञ्चार्ज काफ्लेको संयोजकत्वमा नेकपाले अपशब्दमा गाली गरेको विषयमा छानविन गर्न कार्यदल बनाएको थियो ।

समितिमा प्रदेश सदस्यहरू मिङमाडण्डु शेर्पा र प्रदेश परिषद् सदस्य राम सुवेदी रहेका थिए ।
कार्यदलले साँवालाई निलम्बनको सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा प्रवेश सांसद साँवा नेकपाको पार्टी सदस्यताबाट तीन महिनाका लागि निलम्बित भएकी हुन् ।

खड्गप्रसाद ओलीको नेतृत्वमा मुलुकमा झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार छ । प्रदेश १ मा पनि कम्युनिस्टकै सरकार छ ।

कम्युनिस्टबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उन्माद चलिरहेको छ । उनीहरूका हर्कतले जनता दिक्क भएका छन् ।

Published : Sunday, 2020 September 13, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया