निषेधाज्ञाको बेवास्ता गर्दै महरा भेट्न रोल्पा पुगे मन्त्री

काठमाडौं । सरकार र पार्टीबीच नेकपामा खटपट चलिरहेका बेला पूर्वमाओवादीद्वय कृष्णबहादुर महरा र वर्षमान पुनबीच भेटवार्ता भएको छ ।

रोशनी प्रकरणबाट काठमाडौं जिल्ला अदालतबाट उन्मुक्ति पाएका महराले रोल्पामा उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनसँग भेटेका हुन् । उनीहरूका बीच रोल्पामा मंगलबार भेटवार्ता भएको हो ।

महरालाई भेट्न मन्त्री पुन रोल्पा नगरपालिकाको मेवाङस्थित निवासमा पुगेका थिए । महरा र पुनबीच एक घण्टा जति चिया बिस्कुट खाएर कुराकानी भएको छ । निषेधाज्ञाकाे बेवास्ता गर्दै महरा भेट्न पुन राेल्पा गएका हुन् ।

पार्टीमा उच्च तहको सम्बन्ध भए पनि महरा र पुनबीच गुरु चेलाको सम्बन्ध पनि छ ।

दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम र जिल्लाको वस्तुस्थितिका विषयमा कुराकानी भएको जनाइएको छ ।

महरालाई यौनदुराचारको आरोप लागेपछि सभामुख पद गुमाउनु परेको थियो । पछिल्लो समय महरा सार्वजनिक कार्यक्रमहरूमा खासै जाँदैनन् ।

महरा आफ्नो पुख्र्यौली घर रोल्पामा बस्दै आएका छन् । सो आरोपबाट भने उनले सफाइ पाइसकेका छन् । उनको यो मुद्धा उच्च अदालत पाटनामा पुगेको छ ।

दाङ क्षेत्र नं. २ बाट निर्वाचित महरा पछिल्लो समय रोल्पामा बस्दै आएका छन् । दाङलाई भन्दा पनि महराले रोल्पालाई अलिक धेरै समय दिने गरेका छन् ।

Published : Wednesday, 2020 September 9, 6:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया