काठमाडौं उपत्यकामा अहिलेसम्मकै उच्च कोरोना संक्रमित भेटिए

काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढिरहेका बेला काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३४ जनामा संक्रमण भेटिएको छ ।

मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा ११० जनामा कोरोना भेटिएको छ । उनले ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको बताए ।

मंगलबार देशभरमा भने ६३८ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

Published : Tuesday, 2020 August 11, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया