यी हुन् गोंगबु हत्याकाण्ड गर्ने महिला, २४ घण्टाभित्रै सफल भयो प्रहरी

काठमाडौं । काठमाडौं प्रहरीले गोंगबु हत्याकाण्डका प्रमुख योजनाकार र आरोपीलाई सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुमा मंगलबार पत्रकार सम्मेलन गरेर प्रहरीले कृष्णबहादुर बोरहाको हत्यामा संलग्न कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो ।

दाङको घोराही घर भई काठमाडौंमा बस्दै आएका बोहरालाई कल्पनाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेको जानकारी दिए । कल्पनाले बोहरोको घाँटी सलले कसेर हत्या गरेकी थिइन् ।

बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको एसएसपी ज्ञवालीले जानकारी दिए ।

एसएसपी ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन–चार वर्षअघि फेसबुकबाट चिनजान भएको जानकारी दिएका छन् । चिनजानपछि उनीहरू नजिक भएका थिए ।

पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउण्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेको कल्पनाले प्रहरी समक्ष प्रारम्भीक बयान दिएकी छिन् ।

शव फालेर उनी माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन गएको देखिएको अनुसन्धानमा खुलेको छ । हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने देखिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो ।

प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर मंगलबार बिहान काठमाडौं ल्याएर सार्वजनिक गरेको छ । बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।

कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्या प्रकरणको घटनाले प्रहरीको आलोचना भइरहेका बेला गोंगबु हत्याकाण्डका दोषीहरूलाई प्रहरीले २४ घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ ।

Published : Tuesday, 2020 August 11, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया