कांग्रेसको ‘पावरफुल’ संगठन विभागमा को–को परे ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संगठन विभागलाई विस्तार गरेका छन् ।

देउवाले आइतबार विज्ञप्ति जारी गरेर विभाग विस्तार गरेका हुन् । विभागको संयोजकमा यसअघि कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई तोकिएको थियो । विभागको सचिवमा झापाका विनकुमार विश्वकर्मा मनोनीत भएका छन् ।

विभागका सदस्य एवम् कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले नियुक्ति पत्र बुझेर छिट्टै विभागका पदाधिकारी र सदस्यहरूले शपथ लिने बताए । उनले विभागले संगठनसम्बन्ध कार्यक्रमहरू सञ्चालन गर्ने बताए । ‘विभागको संयोजक आदरणीय गोपालमान श्रेष्ठज्यूसँग सरसल्लाह गरेर काम अगाडि बढाउँछौँ’, उनले भने, ‘विभागको कार्यालय पनि स्थापना गर्ने तयारी छ ।’

सदस्यहरूमा धमेन्द्रविक्रम नेम्वाङ (पाँचथर), भुपेन्द्र कट्टेल (इलाम), सुरेश सुब्बा (झापा), गुरुप्रसाद भट्टराई (तेह्रथुम), सरोज थापा (सुनसरी), जनक थापा (संखुवासभा), राकेश सिंह (पर्सा), चिरञ्जीवी हमाल (महोत्तरी), कुमारकान्त झा (धनुषा), पवनकुमार यादव (सप्तरी), अफरोज अन्सारी (बारा) मनोनीत भएका छन् ।

तीर्थ पसखल (काभ्रे), ज्योति कोइराला (काठमाडौं), प्रगतिमान रञ्जित (काठमाडौं), शंखर थापा (काठमाडौं), मुरारी आचार्य (भक्तपुर), उर्मिला केसी (ललितपुर), विष्णुकुमार कार्की (नवलपुर), गंगाधर तिवारी (पर्वत), भूगोल थापा (गोरखा), इन्दु शर्मा ढकाल (तनहुँ), यामबहादुर गुरुङ (लम्जुङ), राजु खनाल (दाङ), अरुणसिंह राठौर (बर्दिया) सदस्यमा मनोनीत भएका छन् ।

सभापति देउवाले विभागको सदस्यमा राजेन्द्रगोपाल सिंह (पाल्पा), मोहन शर्मा (नवलपरासी), जन्मजय तिमिल्सिना (बर्दिया), धर्मराज गिरी (सुर्खेत), कालीबहादुर सहकारी (कालिकोट), ऐनबहादुर शाही (मुगु), शेरबहादुर भण्डारी (डडेल्धुरा), फकिरसिंह कठायत (कैलाली), दुर्गादत्त बोहोरा (कञ्चनपुर), चिन्तामणि भट्ट (कञ्चनपुर), पृथ्वीमान गुरुङ (चितवन), गणेशबहादुर विष्ट (अछाम), भवानी थानी (सुर्खेत), कल्पना अधिकारी (धादिङ), भरतलाल न्याछ्यों (ललितपुर) र ज्ञानदास प्रजापति (भक्तपुर) मनोनीत भएका छन् ।

Published : Monday, 2020 August 10, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया