एमालेले जितेको पोखरा महानगरमा १३ करोड राजश्व गायब, कम्युनिस्टभित्र खैलाबैला

पोखरा । कम्युनिस्टले जितेको पोखरा महानगरपालिकामा १३ करोड राजश्व गायब भएको खुलेको छ ।

महानगरपालिकाको १३ करोड राजश्व गायब भएपछि खैलाबैला भएको छ । पोखरा महानगरपालिकामा तत्कालीन एमालेबाट मेयरमा मानबहादर जिसी र उपमेयरमा मञ्जुदेवी गुरुङले जितेकी थिइन् ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष ०७५–७६ को १३ करोड राजश्व गायब भएको उल्लेख छ ।

महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेलले ११३ करोड राजश्व गायब भएको कुरा अस्वीकार गरे । उनले भने, ‘अडिट गर्दा १३ कराेडमा केही नमिलेको हुन सक्छ । कुरा त्यस्तो होइन १ करोड ७३ लाखको मात्रै कुरा नमिलेको देखिएको छ ।’

महालेखा परीक्षणको वार्षिक प्रतिवेदनमा त १३ करोड गायब भएको उल्लेख छ नि भन्ने प्रश्नमा त्यस्तो रहेछ भने असुलउपर हुनेभन्दै हिसाव नमिलेर त्यस्तो आएको हुन सक्ने दाबी गरे ।

राजश्व गायक भएका बेला महानगरपालिकाको राजश्व शाखाको प्रमुखमा छविलाल शर्मा थिए । शर्मा विवादित कर्मचारी हुन् । उनको सरुवा भइसकेको छ । राजश्व शाखामा अहिले अर्को व्यक्ति गणेश पाण्डे आएका छन् ।

पौडेलले १३ करोड राजश्व गायब भएको विषयमा छानविन गर्ने बताएका छन् । उनले दोषीलाई कारबाही हुने बताए ।

पोखरा महानगरपालिकाको १२ करोडको चेक पनि साटिन बाँकी रहेको देखिएको छ । चेक सटिन बाँकी हुनुमा लेखाइमा मिस्टेक भएको हुन सक्ने सूचना अधिकारी पौडेलले बताएका छन् । उनले सबै चेकहरू क्लियरिङका लागि बैंकमा पठाएको बताएका छन् ।

Published : Monday, 2020 August 10, 12:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया