यी हुन् दाङबाट कांग्रेसको विभागमा मनोनीत हुने नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा गठन गरिएका विभागहरूमा दाङले उल्लेख्य स्थान पाएको छ ।

संगठन विभाग, तरुण विभाग जस्ता राम्रा विभागमा समेत देउवाले मनोनीत गरेका छन् । आइतबार देउवाले विस्तार गरिएका विभागहरूमा पूर्वसांसद राजु खनाललाई संगठन विभागको सदस्यमा मनोनीत गरेका छन् ।

तरुण विभागको सदस्यमा अनुराग खड्कालाई मनोनीत गरिएको छ । खड्का नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काका छोरा हुन् ।

शिक्षा विभागमा चिन्ताबहादुर बुढाथोकी, यातायात व्यवसायी समन्वय विभागमा ध्रुब केसी र सुरेश हमाल, मुस्लिम विभागमा लालमोहम्मद मियाँ, तराई मधेस समन्वय विभागमा अनुराग यादव मनोनीत भएका छन् ।

पूर्वसांसद समेत रहेकी नेतृ सुशीला चौधरी वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सदस्यमा मनोनीत भएकी छिन् ।

स्थानीय तह समन्वय विभागको सदस्यमा भरत केसी र नहकुल केसी तथा खेलकुद विभाग जीतबहादुर केसी मनोनीत भएका छन् । स्थानीय तह समन्वय विभागमा मनोनीत भएका नहकुल केसी गरिवी निवारण कोषमा कार्यकारी निर्देशक रहेका थिए ।

Published : Monday, 2020 August 10, 8:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया