खुमबहादुर खड्काका छोरा अनुराग तरुण विभागको सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अनुराग खड्का तरुण विभागको सदस्यमा मनोनीत भएका छन् ।

खड्कालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार विभागको सदस्यमा मनोनीत गरेका हुन् । युवा नेता खड्का नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काका छोरा हुन् ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी संयोजक रहेको तरुण विभाग यसअघि नै विस्तार भएको थियो । आइतबार पुनः केही सदस्य थप गरिएको छ ।

Published : Monday, 2020 August 10, 7:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया