नेकपा म्याग्दीका शक्तिशाली नेता कांग्रेस प्रवेश, लात हाने उपाध्यक्ष पद, देउवाद्वारा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लोकप्रिय नेतालाई पार्टी प्रवेश गराएका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा आइतबार बिहान देउवाले नेकपाका नेता एवम् प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष बलभद्र ढकाललाई पार्टी प्रवेश गराएका हुन् । म्यादी कांग्रेसका नेता धनबहादुर छन्त्यालका अनुसार ढकालसहित तीन जना व्यक्ति कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस प्रवेश गरेका बलभद्र ढकाल म्याग्दी जिल्लाको मंगला गाउँपालिकाका नेकपाका नेता, पूर्वगाविस उपाध्यक्ष समेत हुन् । ढकाल नेकपा म्याग्दी–काठमाडौं सम्पर्क समितिका पूर्वअध्यक्ष समेत हुन् । ढकाल कांग्रेसमा प्रवेश गरेपछि म्याग्दीमा कम्युनिस्टहरूलाई तनाब भएको छ । ढकाललाई नेकपाले आफ्नो खम्बानै ठान्थे ।

नेपाली कांग्रेस प्रवेश गर्नेमा बेनी नगरपालिका–३, भकिम्ली निवासी भीमबहादुर रोका र मंगला गाउँपालिका–४, अर्मले कि निवासी ईञ्जिनियर शरिश्मा खत्री रहेका छन् । रोका वैदेशिक रोजगार व्यवसायी हुन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुन जोशी, नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बबहादुर गर्बुजा ‘खम्बीर’, कांग्रेस नेताहरू राजेन्द्र श्रेष्ठ, जित छन्तेल, दीपेन्द्र रिजाललगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2020 August 9, 10:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया