ओली–दाहाल विवाद बढेका बेला नेकपाका ‘राजकुमार’ले कसलाई भने ‘गधा’ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शीर्ष नेताहरूबीच विवाद भइरहेका बेला अनेरास्ववियूका नेता एवम् उपराष्ट्रपति नन्दबहादुर पुनका छोराले लेखेको स्टाटसले खैलाबैला उत्पन्न गराएको छ ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गरेर शनिबार बिहान पुनले स्टाटस लेखेपछि नेकपाभित्र खैलाबैला भएको हो ।

अखिलको नेता पुनले बोल्ने कुराहरूलाई सबैले नोटिस गरेका हुन्छन् । बेलाबेला ‘राजकुमार’को आरोप खेप्दै आएका पुनले यस्तै उट्पट्याङ गर्ने गर्छन् ।

‘गधा सुनकै आशनमा बसे पनि सिंहाशन भनिंदैन’, उनले फेसबुकमा लेखेका छन्, ‘सिंह डुंगामै बसे पनि त्यो सिंहशान हुन्छ ।’

उनको स्टाटसमा लाइक र कमेन्टहरू थुप्रै आएका छन् । कमेन्टमा ‘सिंह’ भनेको खुमलटार हो भनेर लेखेका छन् । केही बालुवाटारलाई ‘गधा’ भनेर कमेन्ट लेखेका छन् ।

बेलाबेला विवादमा आइरहने पुनले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओलीलाई होच्याउने गरेर फेसबुकमा स्टाटस लेखेपछि विवाद सिर्जना भएको छ ।

Published : Saturday, 2020 August 8, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया