काठमाडौं उपत्यकामा ११० जनामा कोरोना, शुक्रबार देशभरि ४६४ संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ११० जनासहित देशभरि पछिल्लो २४ घण्टामा ४६४ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकासहित देशभरि ४६४ जनामा कोरोना भेटिएको बताए । शुक्रबार ४२५ जना डिस्चार्ज भएका छन् ।

शुक्रबार झापाका २, सुनसरीका १, मोरङका ६४, सप्तरीका १९ जना, धनुषाका ११ र सर्लाहीका १२, बाराका ९, पर्साका १३८, रौतहटका ५, तनहुँका २, सिन्धुपाल्चोकका १, ललितपुरका १०, काठमाडौंका ९२, नुवाकोटका ८, भक्पुरका ४, कैलालीका २, कास्कीका ११, बाँकेका २९, स्याङजाका १, नवलपुरका १, गुल्मीका १, नवलपरासीका २, बर्दियाका १५, कालिकोटका ४, सुर्खेतका १, अछामका १, कैलालीका १७, कञ्चनपुरका १ जनामा कोरोना भेटिएको छ ।

Published : Friday, 2020 August 7, 4:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया