कारबाही गर्नुपर्ने विदेशी मान्छेसँग कम्युनिस्ट सरकारका मन्त्री गुरुङको हिमचिम

काठमाडौं । कारबाही गर्नुपर्ने व्यक्तिसँग सँगै उभिएर महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङ अबैध रुपमा नेपाल बस्दै आएका कतार च्यारिटीका नेपाल प्रमुख अब्दुल अजीज अल–थानीसँग सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

अब्दुल नेपालमा बसेर काम गर्न वर्कपरमिट नलिएका व्यक्ति हुन् । उनीहरूविरुद्ध उजुरी परेपछि समाज कल्याण परिषदले कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । उनीसँग परिषदले स्पष्टीकरण समेत सोधेको थियो ।

परिषदद्वारा कारबाही प्रक्रियामा परेका अब्दुलसँग साउन ११ गते मन्त्री गुरुङ काठमाडौंको बुढानिलकण्ठमा ‘व्यवसायिक तालिम केन्द्र’ भवनको शिलान्यासमा सँगै देखिएका थिए । अब्दुललाई कारबाही गर्न माग गरेर अध्यागमन विभागमा समेत उजुरी परेका छन् । विभागले पनि अब्दुललाई कारबाही गरेको छैन । अब्दुल विवादास्पद व्यक्ति हुन् ।

कतार च्यारिटीका नाममा अब्दुलले लाखौँ रुपियाँ तलव, भत्ता र सुविधाका नाममा नेपालबाट बाहिर लैजाने गरेका छन् । उनले नेपालमा वर्क परमिट नलिएर काम गरेको खुल्न आएको छ ।

उनीविरुद्ध प्रमाणसहित परिषद, विभाग, मन्त्रालय आदिमा उजुरी पर्दासमेत कारबाही भएन । अहिले उनले कागजपत्र मिलाएको चर्चा छ । भिजिट भिषामा कतार च्यारिटीमा आएका अब्दुलले मन्त्री गुरुङलाई समेत गुमराहमा राखेर आफ्नो संस्थाको कार्यक्रममा सहभागी गराएका छन् ।

वर्कपरमिट नलिएर नेपालमा काम गर्ने व्यक्तिलाई देश निकाला गर्ने कानूनी प्रावधान छ । तर, अब्दुलले नेपालको कानूनलाई बेवास्ता गरेर अटेर गरि काम गरेका छन् । उनले नेपालको कानून उल्लंघन गरेको विषयमा धेरैलाई जानकारी छ ।

मन्त्रालयका कर्मचारीहरूलाई समेत जानकारी छ । तैपनि कारबाही भएको छैन । स्रोतका अनुसार कतार च्यारिटीका नेपाल प्रमुख अब्दुलले मन्त्रालय र परिषदका उच्च तहका कर्मचारीहरूलाइृ मोटो रकम बुझाएका छन् । सोही कारण अब्दुललाई कारबाही गरेर देश निकाला गर्नुको साटो अबैधानिक रुपमा नेपाल बसेको व्यक्तिको कार्यक्रममा मन्त्री नै जान थालेका छन् ।

Published : Friday, 2020 August 7, 9:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया