कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वसांसद चौरसियालाई कोरोना पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अजयकुमार चौरसियालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

नमूना परीक्षणका क्रममा कांग्रेस नेता चौरसियालाई बिहीबार कोरोना भाइरसको संक्रमणको पोजेटिभ भेटिएको हो ।

नेता चौरसिया वीरगञ्जमा छन् । उनी अहिले घरमै रहेको छन् । ‘मलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । चिन्ता गरेको छैन’, केन्द्रीय सदस्य चौरसियाले भने, ‘अहिले घरमा छु । केही समयपछि अस्पतालमा जान्छु ।’

उनले कोरोनालाई जित्ने बताएका छन् । ‘सबै सर्तक रहनुपर्छ । स्वास्थ्यसम्बन्धी अनुशासन सबैले पालना गर्नुपर्छ’, नेता चौरसियाले भने, ‘कसैले पनि हेलचेक्र्याइ गर्नु हुँदैन । मैले कोरोनालाई जित्नेछु । आत्मविश्वास छ ।’

कांग्रेस नेता चौरसिया कोरोना संक्रमितको उपचार र राहत तथा उद्धारमा खटिएका थिए ।

समाचारमा नाम र तस्वीर सार्वजनिक गर्ने कि नगर्ने भनेर साेधिएकाे जिज्ञासामा चाैरिसयाले भने, ‘म कांग्रेसकाे नेता हुँ, मेराेबारेमा केही कुरा लुकाउनु पर्दैन । मेराे समाचारले अरू जनतालाई सचेत हुने माैका मिल्छ । समाचार लेख्नुस् ।’

Published : Thursday, 2020 August 6, 1:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया