देउवाले लोकप्रिय नेतृ पवित्रा लामालाई कांग्रेसमा भित्र्याए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक अभियन्ता एवम् राप्रपाकी नेतृ पवित्रा लामालाई पार्टी प्रवेश गराएका छन् ।

बुधबार बुढानिलकण्ठस्थित निवासमा अयोजित कार्यक्रममा देउवाले लामालाई कांग्रेसमा प्रवेश गराएका हुन् । देउवाले लामालाई कांग्रेसको सदस्यता प्रदान गरेका छन् ।

कार्यक्रममा कांग्रेसका पूर्व सांसद तीर्थ लामाले अभियन्ता पवित्रा लामाले समाज रुपान्तरणको क्षेत्रमा सक्रिय पवित्रा लामाको पार्टी प्रवेशप्रति खुशी व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस ललितपुरका जिल्ला सदस्य ललिता खनियाँले पवित्रा लामा जस्तै प्रभावशाली य्ुवा अभियन्ताको पार्टी प्रवेश कांग्रेस अझ बलियो हुने बताइन् ।

कांग्रेस प्रवेश गरेकी सामाजिक अभियन्ता पवित्रा लामाले अब देशको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने आवश्यकता औल्याइन् । उनले भनिन्, ‘युवा सडकमा आउने बेला भयो । देशको बेथिती र बिसंगतिविरुद्ध आवाज उठाउन ढिला गर्नुहुन्न ।’

नेपाली कांग्रेसले देशमा भइरहेको घटना र बेथितीलाई उठाइरहेको भन्दै लामाले जिम्मेवार राजनीतिक दल भएकाले आफू आवद्ध भएको बताइन् । लोकतन्त्र बचाउन सम्पूर्ण युवा पुस्तालाई नेपाली कांग्रेसमा आवद्व हुन आग्रह समेत गरिन् । उनले भनिन्, ‘अहिलेको दूई तिहाईको नेकपा सरकारले केही गरेको छैन् ।’

लामाले नेकपा अध्यक्षद्वय केपी आली र पुष्पकमल दाहालको आलोचना गर्दै महामारीको बेलामा आन्तरिक विवादमा अल्झिएको बताइन् ।

Published : Wednesday, 2020 August 5, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया