काठमाडौं उपत्यका प्रवेशमा नयाँ व्यवस्था, राति हिँड्न नपाइने, भारतसँगको सिमानामा कडाइ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित देशभरि कोरोना भाइरसको संक्रमण पुनः बढेपछि बिहीबारदेखि सबै सवारी साधनमा जोर बिजोरको व्यवस्था लागू गरेको छ ।

गृह मन्त्रालयका सह–सचिव समेत रहेका प्रवक्ता चक्रबहादुर बुढाले बुधबार साँझ विज्ञप्ति जारी गरेर साउन २२ गते बिहीबारदेखि जोर बिजोरको व्यवस्था गरिएको जनाएका छन् ।

काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेक अन्य सबै यात्रुबाहक सवारी सधानहरू बेलुका ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको छ ।

जिल्लाका शहरी इलाकामा जिल्लाभित्र समेत बलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको छ ।

‘कोरोना संक्रमणको जोखिम विश्लेषण गरी जोखिम बढेको क्षेत्र र स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड १९ को थप परीक्षणको व्यवस्था मिलाउने’, विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकारको निर्णय बमोजिम आगमन अनुमित पाएका व्यक्ति बाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने निर्णय भएको प्रवक्ता बुढाले बताए ।

होटेल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्यमा निषेध गरिएको प्रवक्ता बुढाले बताएका छन् ।

गृह मन्त्रालयले मास्क अनिर्वाय रुपमा लगाउने र स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

Published : Wednesday, 2020 August 5, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया