कोरोनाका बेला बालुवाटारमा गानाबजाना, गीत सुनेर ओलीसहितका भीभीआपीहरू मख्ख

काठमाडौं । कोरोना महामारीले जनताले धमाधम ज्यान गुमाइरहेका बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारी निवासमा भने नाँच, गान र गानाबजानाको कार्यक्रमहरू भएको रहस्य बाहिर आएको छ ।

शनिबार साँझ बालुवाटारमा सुर सुधाको नाममा गानाबजाना भएको छ । कोरोनाले दैनिक रुपमा देशभरि संक्रमण भइरहेको छ । तर, बालुवाटारमा भने सांगीतक कार्यक्रम भएको छ । ओलीले सांगीतिक कार्यक्रमको भरपुर मनोरञ्जन लिएको एक सहयोगीले बताएका छन् ।

कोरोना महामारीका बेला बालुवाटारमा भएको सुर सुधा कार्यक्रममा प्रधानमन्त्री ओली, मुख्य सचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहितका उच्चपदस्थ पदाधिकारीले रंगिन साँझ बिताएका छन् ।

नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वर्षगाँठको अवसरमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारको सभाहलमा विशेष सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । (तस्वीर साैजन्य सामाजिक सन्जाल)

Published : Monday, 2020 August 3, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया