वीरगञ्जमा सोमबार बिहान ७४ जनामा कोरोना

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकामा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११ श्रीपुरका मात्र ४६ जना संक्रमित रहेको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा.उदयनारायण सिंहले जानकारी दिएका छन् ।

संक्रमितहरूमध्ये एकजना पत्रकार पनि छन् । अर्को एकजना बाराका छन् । बाँकी सबै वीरगञ्ज निवासी हुन् ।

संक्रमितहरूमा अधिकांश २० देखि ४० उमेर समूहका छन् । केही संक्रमित भने ६० वर्ष माथिका पनि रहेको डा. सिंहले जनाएका छन् ।

थपिएका संक्रमितहरूमध्ये लक्षण देखिएकालाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ । लक्षणविहीन अवस्थाका संक्रमितलाई भने होम आइसोलेसनमै राखिनेछ ।

साउन महिना यता मात्र वीरगञ्जमा कोरोनाका कारण ११ जनाको मृत्यु भइसकेको छ । वीरगञ्जमा संक्रमण समुदायमै फैलिएको आशंका गरिएको छ ।

Published : Monday, 2020 August 3, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया