काठमाडौं उपत्यकामा ३१ जनामा कोराना, यी व्यक्तिलाई घरबाट ननिस्कना अपील, एकको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरि २४६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ ।

आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३१ सहित पछिल्लो २४ घण्टामा देशभरि २४६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको बताए । उनले कोरोनाबाट पर्सा जिल्लामा एक महिलाको मृत्यु भएको जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका १६ बस्ने ६८ की महिलाको साउन १७ गते निधन भएको डा.गौतमले बताए । ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या भएका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । योसँगै मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ ।

डा.गौतमका अनुसार सुनसरीका १२, मोरङका १६ जना, धनुषाको ३५ जना, चितवनका १ जना, महोत्तरीका ५ जना, सर्लाहीका २ जना, पर्साका ८१ जना, बझाङका २ जना, डोटीका १२ जना, कैलालीका १० जना, काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरमा १ जनामा कोरोना भेटिएको छ ।

त्यसैगरी कास्कीका ५ जना, बागलुङका १ जना, लमजुङका ३ जना, बर्दियाका १० जना, दार्चुलाका १ जना, गोरखाका १ जना, रौतहटका २ जना, सिन्धुलीका १ जना, स्याङजाका ८ जना, तनहुँका २ जना, नवलपुरका ३ जना र रुपन्देहीका १ जनामा कोरोनाको संक्रमण भेटिएको डा.गौतमले बताए ।

पछिल्लो २४ घण्टामा १ सय ११ जना व्यक्ति निको भएर डिस्चार्ज भएको डा.गौतमले बताएका छन् । योसँगै नेपालमा हालसम्म १४ हजार ६ सय ३ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा पीसीआरको ८ हजार ८ सय ६१ नमूना परीक्षण गरिएको छ ।

डा.गौतमले नागढुंगा, साँघा र फर्पिङमा १० देखि १३ गतेसम्म १० हजार ८ सय २७ को नमूना संकलन गरिएको छ ।

जथाभावी नथुक्न प्रवक्ता डा.गौतमले अनुरोध गरेका छन् । ‘जथाभावी थक्नु हुँदैन । मास्क लगाउँदा डोरीमा छोपेर लगाउने र खोल्ने गर्नुपर्छ । कपडाको मास्कलाई प्रत्येक दिन बेलुका साबुनपानीले धोएर सुकाइ प्रयोग गर्नुपर्छ’, उनले भने, ‘१२ वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथिका व्यक्ति घरबाट बाहिर ननिस्कनु होला ।’

डा.गौतमले वीरगञ्ज र जनकपुरमा आवश्यक डा.दीपेन्द्र रमण सिंहको नेतृत्वमो उच्चस्तरीय टिम पुगेर काम गर्न थालेको बताए ।

Published : Sunday, 2020 August 2, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया