ओलीसामु झुके दाहाल, साथी लिएर पुगे बालुवाटार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालबीच सम्वाद हुन नसकीरहेका बेला वरिष्ठ नेता झलनाथ खनाललाई साँक्षी राखेर भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सकारी निवास बालुवाटारमा आइतबार ओली र दाहाल तथा खनालबीच कुराकानी भएको हो । कुराकानीका क्रममा नेकपाभित्रको विवाद समाधानका विषयमा परामर्श भएको छ । भेटवार्तामा सुवासचन्द्र नेम्वाङको पनि सहभागिता रहेको थियो ।

सहमति भयो वा भएन ? केही भनिएको छैन । ओलीले दाहालको प्रस्तावलाई यसअघि अस्वीकार गरिदिएपछि उनीहरूका बीच झण्डै दुई हप्तासम्म बोलचालकै अवस्था थिएन ।

दोस्रो वरीयताका अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिन दवाव सिर्जना गरेका थिए । त्यो दवावपछि ओली रिसाएपछि नेकपाभित्र ठूलो मतभेद भएको थियो ।

नेकपाको त्यो मतभेदलाई अन्त्य गर्ने प्रयासहरू बेलाबेला भएपनि सहमति हुन सकेको छैन । आइतबारको कुराकानीले के भयो भन्नेबारेमा औपचारिक रुपमा केही भनिएको छैन ।

Published : Sunday, 2020 August 2, 11:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया