वीरगञ्जमा कोरोनाबाट महिलाको मृत्यु, पर्सामा दश पुग्यो संख्या

वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज–१६ नगवाकी ५० वर्षीया महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए ।

उनको नारायणी वयोधा अस्पतालमा मृत्यु भएको हो । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ ।

ती महिला साउन १४ गते भर्ना भएकी थिइन् । उनको शुक्रबार स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो ।

रिपोर्ट नआउँदै ती महिलाको मृत्यु भएको छ । सुगरबाट ग्रसित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिए ।

उनीसँगै संक्रमण पुष्टि भएकी नगवाकी ६० बर्षीया महिलाको अवस्था पनि गम्भिर छ । उनको बयोधा अस्पतालमै आईसीयूमा उपचार भइरहेको छ ।

Published : Saturday, 2020 August 1, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया